सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयर बाँडफाँट

सोमबार, वैशाख ३, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । सिंगटीले ४६ लाख ११ हजार ५३९ कित्ता सेयर बाँडफाँड गरेको हा । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर चैत ३० गते बाँडफाँट गरिएको हो । 
जसमा न्यूनतम १४५ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका हुन् । 
यता, कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम आज (वैशाख ३ गते) बाट फिर्ता हुने संस्थाले जनाएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आजदेखि लिलामीमा नपरेको रकम क्रमशः फिर्ता हुँदै जानेछ । आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउनेछन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार