बिदेशी मुद्राको बिनिमय दर, अमेरिकन डलर १३३ रूपैयाँ बढी

बुधबार, वैशाख ५, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९६ पैसा कायम हुदाँ युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसामा कारोबार गर्न सकिनेछ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा कायम गरिएको जनाउँदै राष्ट्र बैंकले अष्ट्रेलियन डलर १ को खरिददर ८५ रूपैयाँ ६१२ पैसा तथा बिक्री दर ८६ रूपैयाँ, क्यानेडियन डलर १ को खरिददर ९६ रूपैयाँ ७२ पैसा तथा विक्री दर ९८ रूपैयाँ २१ पैसा कायम गरेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार