सुहाङलाई भोट माग्दै ओलीले भने, 'उद्धेश्य बोकेर हिँडेका वास्तविक उम्मेदवार हुन्'

बिहीबार, वैशाख ६, २०८१
मयुर प्लाई
Global Ime Bank

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम- २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् । बुधबार इलाम-२ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् । सुहाङको प्रशंसा गर्दै ओलीले गन्तव्य र उद्धेश्य बोकेर अगाडी बढेको युवा भएको बताए । ओलीले सुहाङ वास्तविक उम्मेदवार भएको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् । उनले इलामका जनताले आफ्ना बुवामाथि गरेको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०३:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार