सार्वजनिक जग्गा खाली गर्न छिन्नमस्ता गाउँपालिकाको आग्रह

बिहीबार, वैशाख ६, २०८१

राजविराज । सप्तरीको  छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको छ । पालिका अध्यक्ष विद्यानन्द चौधरीले एक सूचना जारी गर्दै ३५ दिन भित्र जग्गा खाली गर्न अनुरोध गरेका छन् । ‘अतिक्रमण गरिएका सार्वाजानिक ऐलानी जग्गा, पर्ती, गौचर, पोखरी, पोखरीको डिलहरु र गाउँ टोलहरुमा कब्जा गरिएका बाटो घाटोहरु खाली गराउने गाउँ सभा तथा कार्यपालिकाको निर्णय भएको हुँदा उक्त निर्णय कार्यन्वयन गर्न-गराउन आग्रह गरेका छौँ’, पालिका अध्यक्ष चौधरीले भने ।

‘२०८० साल फागुन ९ गते नेपाल सरकार गृह मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिले कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सार्वजानिक एवं सरकारी स्वामित्व रहेको ऐलानी, संधिसर्पण, गौचरण घाट आदि जग्गाहरु कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको वा खास उदेश्य वा प्रयोजनको लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेका वा जिम्मा दिएका सार्वजानिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रुपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समय सम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उदेश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाईएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजानिक, संधिसर्पण ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनको लागि सो सम्बन्धि सत्य तथ्य सूचनासहितको विवरण संकलन गरी गृह मन्त्रालय पठाउन र त्यस्तो कार्य गर्ने उपर प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित स्थानीय तह सरोकारवाला निकायसंग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको हुँदा सो को समेत कार्यान्वयन गराउने गरी जग्गा खाली गराउने भएकोले यो सुचनाको ३५ (पैतीस) दिन भित्र खाली गरी सहयोग गरिदिनुहुन अनुरोध छ,’ जारी सूचनामा भनिएको छ । तोकिएको समय भित्र अतिक्रमण गरिएका जग्गाहरु खाली नगरिए कानुन बमोजिम कारबाही गर्ने अध्यक्ष चौधरीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार