सोसल मिडिया
Contact Us
युनिकोड
बीरगन्ज । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिकाले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गरेका छन् । उनले भरतपुर महानगरमा ३९० करोड र बीरगन्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएका छन् । संघिय सासंद रामकृष्ण यादवले बीरगन्जमाथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकारलाई लिखित निर्देशन दिने बताए । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघिय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न बीरगन्ज आएको संसदीय टोली ले स्थानीय तहसित अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा प्रतिनिधिसभा सदस्यहरु रामकृष्ण यादव, अमरेशकुमार सिंह, प्रदीप यादव, देव प्रकाश तिमिल्सिना, प्रभु हजरा, बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल, प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।