सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले व्यवहारिक कठिनाई झेलेर ‘होम आइसोलेसन’मा बस्नु स्वस्थकर नहुने बताउँदै कोरोना संक्रमितलाई महानगरले संचालन गरेको आइसोलेसनमा बसी स्वास्थ्य लाभ गर्न आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ स्वास्थ्य मापदण्ड पुरा गरेर स्वास्थ्य स्थितिको गम्भीर निगरानी गरी होम आइसोलेसनमा बस्नु राम्रो हो, व्यवहारिक कठिनाई हुँदाहुँदै व्यपस्थापनमा अप्ठ्यारो झेलेर होम आइसोलेसनमा बस्नु संक्रमित स्वयम, परिवार र समुदायका लगि समेत स्वस्थकर हुँदैन । कोभिडको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा संक्रमितलाई लक्षित गरेर ललितपुर महानगरले दुईवटा आइसोलेसन सेन्टर संचालन गरेको छ । महानगरले वडा नं २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनसर््थापना गृहमा एचडीयूसहितको ५० शय्याको आइसोलेसन सेन्टर संचालन गरेको छ । त्यसैगरी वडा नं ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा संचालन गरिएको एक सय १० शय्याको आइसोलेन सेन्टरमा पनि एचडीयू लगायत अन्य स्वास्थ्य सुविधा थप गर्ने महानगरले तयारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अक्सिजन सहितको यी आइसोलेन सेन्टरहरुमा मनोसमाजिक परामर्शको समेत व्यवस्था छ । पोषणविद्को सल्लाह अनुसार आइसोलेसन सेन्टरमा पौष्टिक र सन्तुलित खाजा र खानाको पनि नि ः शुल्क व्यवस्था रहेको जनाइएको छ । महानगरले संकलन गरेको तथ्यांक अनुसार संक्रमितमध्ये धेरै जसो ‘होम आइसोलेसन’ मा रहेका विज्ञप्तिमा उल्लेख छ ।