सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्,‘लगानी सहजीकरण सम्बन्धि केही ऐनहरु अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’ सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । संसद अधिवेशन संचालन नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ । सरकारले ल्याएको अध्यादेश ६ महिना भित्र संसदमा पेश नगरेमा स्वत: निष्कृय हुने कानुनी व्यवस्था रहेको छ । सरकारले वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।