सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको उद्धार गरेका थिए । जन्मदा बच्चाको तौल १.४ किलोग्राम (३.०९ पाउण्ड) थियो । उनको अवस्था स्थिर रहेको बताइएकाे छ । बिस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको छ । महिलाको पहिचान सबरीन अल-सकानीको रूपमा गरिएको छ । दुई घरमा इजरायली हवाई आक्रमणमा बालिकाकी आमा, बुबा र बहिनीसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जसमा एकै परिवारका १३ बालबालिका परेका छन् । नवजात बालिकाका काका रामी अल शेखले आफ्नी जेठी बहिनी मलाक जन्मेकाेमा निकै खुसी भएको बताए । उनी बहिनीको नाम रुह राख्न चाहन्थिन्, जसको अर्थ अरबीमा आत्मा हो । तर, कान्छी बहिनी संसारमा आउनुअघि नै मलाकको हवाई आक्रमणमा मृत्यु भयो । रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताए । उनलाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिनेछ । बालिका बाँचे तर अनाथ भएर जन्मिनु सबैभन्दा ठूलो दुःखद कुरा भएकाे डाक्टरले बताए ।