ललितपुर महानगरमा बुद्धमूर्ति 

बुधबार, जेठ १२, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर परिसरमा बुद्धमूर्ति प्रतिस्थापन गरेको छ । उक्त मूर्तिको बुद्धपूर्णिमाको अवसर पारेर बधुबार प्राण प्रतिष्ठा गरियो । कार्यक्रममा बौद्धभिक्षुहरुले बौद्धधर्म अनुसार पूजाअर्चना गरेका थिए । पूजामा नगरप्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल पनि सरिक थिए ।

नगरप्रमुख महर्जनले शान्ति सर्वत्र आवश्यक भएको बताउँदै त्यसको सन्देश दिन मूर्ति प्रतिस्थापन गरेको बताए । महानगरको गौरवशाली योजना अन्तर्गत यो बुद्धमूर्ति प्रतिस्थापन गरिएको हो । बुद्धमूर्ति प्रतिस्थापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकत गणेश अर्याल, वडाअध्यक्षहरु, विभागिय प्रमुखहरु लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार