सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगका १४ नाका चाँडै खुल्ने बताएका छन् । मेरियट होटलमा आयोजित नेपाल र चीनबीच हरित कृषि मित्रताको पुल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको व्यापार विस्तारका लागि १४ नाका सञ्चालनमा ल्याइने बताए । यसका साथै मन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपालीले चीन जाँनका लागि नि:शुल्क भिषाको व्यवस्था गर्ने सहमति भएकोमा त्यो कार्यान्वयनमा आएको बताए । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेको चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो । यस्तै तिब्बत पठार ब्लू एग्रीकल्चर कम्पनीले नेपाल एग्रीकल्चर कम्पनीबाट ओट घाँस र दाना खरिद गर्ने सम्झौता भएको छ। यससँगै अब नेपालबाट ओट घाँस र दाना चीन निर्यात हुने भएको छ।