सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । महोत्तरीको बर्दिवासमा रहेको खानेपानी समितिमा चरम अनियमितता भएको भन्दै समितिका पदाधिकारीहरुले नै प्रशासन कार्यालयमा उजुरी दिएका छन् । बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थानका अध्यक्ष भुलन सेनबाट अनियमितता भएको आरोपसहित उपभोक्ताहरुबाट निर्वाचित सचिव र कोषाध्यक्षले मंगलवार इलाका प्रशासन कार्यालय बर्दिवासमा उजुरी दिएका हुन् । स्वार्थसिद्धको लागि विधानविपरीत काम गरेर उपभोक्ताहरुको अपेक्षामा ठेस पुर्याएको जिकिर गर्दै कोषाध्यक्ष भोजप्रसाद फुँयाल र सचिव उदय भण्डारीले छुट्टाछुट्टै उजुरी दर्ता गराएको इलाका प्रशासन कार्यालयले जनाएको छ । कोषाध्यक्ष फुँयालको हस्ताक्षर हटाएर ३ महिनादेखि उपभोक्ताहरुको पैसाको दुरुपयोग र अनियमितता भएको र कार्यालय संचालनार्थ काम गर्नुपर्ने सचिव भण्डारीलाई समेत हटाएर जनमतको उपेक्षा गरेको उनीहरुले बताएका छन् । आन्तरिकरुपमा आम उपभोक्तालाई थाहा नै नदिएर भित्री बदमासीहरुलाई सच्याउन बिशेष साधारणसभा समेत गरिएको कोषाध्यक्ष फुँयालले दाबी गरे । यो बिषयलाई पुष्टि गर्नेगरी सामाजिक संजालमा साधारणसभा गरिएको माइन्युट र निर्णयहरु समेत सार्वजनिक भएका छन् । अहिले नगर क्षेत्रमा यँहि बिषय नै पेचिलो बन्दै गएको छ । एकै परिवारको ७ जनासम्म उपस्थित गराएर बिशेष साधारणसभावाट अध्यक्ष अनुकुल हुनेगरी बिधान संसोधन समेत गरिएको पदाधिकारीहरुको आरोप छ ।
सभाको नाममा हस्ताक्षर किर्ते गरी संस्थानलाई कमाई खाने ठाँउ बनाएको र खानेपानी जस्तो संवेदशील विषयमा अध्यक्ष सेनले कुठाराघात गरिरहेको कोषाध्यक्ष फुँयालले बताए । ३ महिनादेखि आफ्नो हस्ताक्षरविना खानेपानीमा जम्मा भएको जनताको पैसामा रमाईलो गरेको प्रमाण समेत सुरक्षित रहेको बताउँदै यो अवधिमा भएको सम्पूर्ण कारोवार पनि अवैध भएको उनको भनाइ छ । सचिव उदय भण्डारीले पनि संस्थानको मनोमानिप्रति आपत्ति जनाएका छन् । अध्यक्ष सेनले बहुमतको वलमा आफूलाई थाहा नदिई बैठक राख्ने र अनुचित निर्णय गर्ने गरेको सचिव भण्डारीले बताए । बहुसंख्यक मानिसहरुको आशाको धरोहर रहेको खानेपानी संस्थानमा निर्वाचित पदाधिकारीहरुबाट नै बेथितिहरु सार्वजनिक भएपछि नगर क्षेत्रका उपभोक्ताहरुले चासो ब्यक्त गरेका छन् । नगर क्षेत्रका कंयौ स्थानीयहरुले सामाजिक संजालबाट नै खवरदारी गर्न सुरु गरेका छन् ।स्थानीय रिमनाथ अधिकारीले फेसवुकमा लेख्छन, 'हिजोको दिनमा गलत तवरले चलेको छ भन्ने सुन्नमा मात्र आएको थियो तर आज प्रमाणित भएको छ । जनता जनार्दन हुन, जनताको मतको दुरुपयोग गर्ने जोकोही सजायको भागिदार हुन्छन ।
सार्वजनिक सम्पतिमाथि जथाभावी गर्नेहरुले तुरुन्तै राजीनामा दिनु पर्छ ।' कोषाध्यक्ष र सचिवको अध्यक्षसँगको दुरी प्रतिस्पर्धा विना आफ्नै नाता पर्ने महिला कर्मचारी राखेको भन्दै वढेको थियो । 'कर्मचारी राख्न प्रतिस्पर्धा गराउनुपर्ने ठाँउमा गुपचुप नातेदार भर्ना गरेको बिषयमा विवाद भयो त्यहि कारण हामीलाई हटाएका हुन ।' सचिव भण्डारीले भने । अध्यक्ष भुलन सेन भन्छन : मैले गलत गरेको छैन अध्यक्ष भुलन सेनले भने खानेपानी संस्थानमाथी लागेका आरोपहरु निराधार भएको वताएका छन । जनताको भावना र आवस्यकताअनुरुप काम गरेको वताउदै त्यसभन्दा बाहिर कुनै गलत नगरेको अध्यक्ष सेनको भनाई छ । अफवाह फैलाउनेगरी केहि व्यक्तिहरु लागेको वताउदै त्यसको पछाडी नलाग्न अध्यक्ष सेनले आग्रह गरे । 'म कतै गलत छैन कार्यालयमा नै आएर बुझ्दा हुन्छ ।' उन्ले भने । 'अव अरुले के गर्छन त्यो मलाई मतलव छैन तर जिम्मेवारीमा प्रतिवद्ध छु ।' दिर्घकालिन खानेपानी योजना अगाडी बढाएर बढिरहेको र आम उपभोक्ताहरुलाई प्रतिवद्धता जनाएअनुसार नै काम गरिरहेको अध्यक्ष सेनको भनाई छ ।