सलमानको घर बाहिर गोली हान्ने एक आरोपीले हिरासतमा गरे आत्महत्या !

बुधबार, वैशाख १९, २०८१

काठमाडौँ । बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक अभियुक्तले हिरासतमा आत्महत्या गरेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापन नामका एक अभियुक्तले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन् ।  प्रहरीले सलमान खानको घरबाहिर गोली हान्ने चारजना विक्की गुप्ता, सागर पाल, सोनुकुमार चन्दर बिश्नोई र अनुज थापनलाई पक्राउ गरेको थियो । प्रहरीले गोली प्रहारका अभियुक्त विक्की गुप्ता र सागर पालका साथै यस घटनामा हतियार उपलब्ध गराउने सोनुकुमार चन्द्र बिश्नोई र अनुज थापन र गुण्डा नाइके लरेन्स बिश्नोई र उनका भाइ अनमोल बिश्नोईलाई पनि मुद्दा दायर गरेको थियो । अदालतले उनीहरुलाई मे ८ सम्म प्रहरी हिरासतमा पठाएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार