फेसबुक र इन्स्टाग्रामले भ्रम फैलाएको भन्दै इयुले सुरू गर्‍यो अनुसन्धान्

बुधबार, वैशाख १९, २०८१
मयुर प्लाई
Global Ime Bank

ब्रसेल्स । युरोपेली आयोग (इयु) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ । इयुले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ । अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन गरेको आशंका गरे पछि सो अनुसन्धान सुरू गरेको हो । ब्रसेल्सले जुनमा इयुको चुनाव हुनु अघि गलत सूचनालाई रोक्नको लागि आफ्नो प्रयास बढाएको जनाएको छ । आयोगका अनुसार सामग्रीको मध्यस्थतामा मेटाको प्रयासहरू अपर्याप्तू र भ्रामक विज्ञापन र विकृतिलाई सम्बोधन गर्न असफल भएको बताएको छ । डिजिटल सेवा ऐन जुन गत वर्ष प्रभावकारी रूपमा कार्यान्वयन आएको थियो । बिग टेकलाई सामाजिक मिडिया प्लेटफर्महरूमा गैरकानूनी र हानिकारक सामग्रीहरू रोक्न थप गर्न आवश्यक रहेको जनाएको छ । ‘हामीलाई शंका छ कि मेटाको मध्यस्थता अपर्याप्त छ, यसले विज्ञापन र सामग्री मध्यस्थता प्रक्रियाहरूको पारदर्शिताको अभाव छ,’ इयु डिजिटल प्रमुख मार्गरेट वेस्टेजरले एक विज्ञप्तिमार्फत भने  । ‘त्यसैले आज हामीले डिजिटल सेवा ऐनसँग उनीहरूको अनुपालनको मूल्याङ्कन गर्न मेटा विरुद्ध कार्यवाही खोलेका छौं,’ उनले भनिन ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार