सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ ।हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका सचिव डा. दिपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी), पशुपन्छीका डा. रेवती रमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालय पुर्याएको छ । लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।