नेप्सेमा १४ अर्ब ७६ करोडको कारोवार

बिहीबार, जेठ १३, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ । कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर दुई हजार ८१५.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोवारमा मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ ले घटेर ५०३.७० मा ओर्लेको छ । कूल २१५ कम्पनीको चार करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर  १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ रुपैयाँमा कारोवार भयो । बिहीबारको कारोवारपछि बजार पूँजीकरण ३९ खर्ब छ अर्ब ७६ करोड ८० लाख ४४ हजार ५२७ रुपैयाँ बराबर भएको छ ।  कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.४६, होटल तथा पर्यटन १४.८३, अन्य २४.०२, लघुवित्त १९१.६९, जीवन बीमा १३६.३६ र लगानी ०.६७ बिन्दुले घटेको छ । यस्तै, व्यापार २८१.५३, विकास बैंक ११४.३३, जलविद्युत् १३१.७८, वित्त ३६.८१, निर्जीवन बीमा १४२.२९, उत्पादन ३२.६ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ । 
कारोवारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड २८ लाख ३४ हजार ४०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर ३७ करोड ७४ लाख नौ हजार ८८८, चिलिमे जलविद्युत् कम्पनी ३७ करोड  तीन लाख ११ हजार ९९६ रुपैयाँ, युनाइटेड मोदी ३५ करोड ५४ लाख ५८ हजार १२९ र नेपाल पुनःबीमा कम्पनी ३० करोड ५१ लाख ८५ हजार ७७४ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । 
नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रोका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, अरुण काबेली ९.९८ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए । यस्तै समता लघुवित्त ५.२३, मेरो माइक्रोफाइनान्स ५.०६, एनएमबी माइक्रोफाइनान्स ४.८४, एनआइसि एशिया लघुवित्त ४.८४ र नेरुडे लघुवित्तका लगानीकार्तले ४.७३ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण लघुवित्त कम्पनीका शेयर भने आज ओरालो लागेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई लघुवित्त कम्पनीको शेयर खरिदमा समयसीमा तोकेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार