सोसल मिडिया
Contact Us
युनिकोड
मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जुम्लाको पातारासी गाउँपालिका–३ का अन्दाजी २५–२६ वर्षीय सुर्जबहादुर रावतको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । यार्सागुम्बा टिप्न पाटनतर्फ जाँदै गर्दा लेक लागेर बिरामी भएपछि पुलु स्वास्थ्य चौकी मुगुमा ल्याइएका उनलाई थप उपचारका लागि मुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको डीएसपी वीरेन्द्र थापाले बताए । जिल्ला अस्पतालमा पोष्टमार्टमपछि अन्त्येष्टिका लागि शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ । यार्सा टिप्न जाँदा हाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा उपचार नहुँदा बर्सेनि यार्सा पाटनहरुमा संकलकहरुले ज्यान गुमाउँदै आएका छन् । गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरुमा पुगेका ३ जनाको हिमपहिरोमा परेर मृत्यु भएको थियो । यो वर्ष मुगुम कार्मारोङ गाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका दुई दर्जनभन्दा बढी पाटनहरु खुल्ला गर्ने जनाएको छ ।