सूर्योदय वोमी लघुवित्तद्धारा चितवनमा ब्यवसायिक झोल साबुन बनाउने तालिम 

शनिबार, वैशाख २९, २०८१

भरतपुर । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. बीरेन्द्रनगर शाखाले समूहमा आवद्ध महिलाका लागि व्यावसायिक झोल साबुन र फिनेल  बनाउने तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्रका करिब ६५ जना सदस्यलाई उद्यमी बनाउन एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को बागमति प्रदेशअन्तर्गत  चितवन जिल्ला राप्ति नगरपालिका वडा नं ८ मा बीरेन्द्रनगर रहेको शाखाको आयोजनामा १ दिने व्यावसायिक झोल साबुन र फिनेल  बनाउने तालिन कार्यक्रम आयोजना गरिएको हो ।

WhatsApp-Image-2024-05-11-at-17.39.42-1715438635.jpeg
राप्ति नगरपालिका वडा नं ७ को सभाहलमा सरु भएको तालिममा  राप्ति नगरपालिका वडा नं ७ का वडाअध्यक्षले उद्घाटन गरेका थिए । संस्थाबाट ऋण लिएका महिलालाई उद्यमी बनाएर आयआर्जन गरी स्वरोजगार बनाउने, व्यवसायिक रुपमा उद्योग सञ्चालन गराउनका लागि यस्ता खालको तालिम प्रदान गरिएको उत्त शाखाका प्रबन्धकले  बताए । राप्ति नगरपालिका वडा नं ७ का वडाअध्यक्षले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न, जथाभाबी कर्जा नचलाउन साथै तालिम लिइ सके पछि उद्यमी बन्न र आवश्यक परेमा वडाबाट पनी सहयोग गर्ने भनी सहभागीहरुलाई अनुरोध गरेका थिए । यसैबीच तालिमका सहभागीहरुले सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र तालिम लिइ सकेपछि सो सीपलाई व्यवसायिक रुपमा लाग्ने साथै अहिले नगरे कहिले गर्ने मैले नगरी कस्ले गर्ने भन्दै तालिम समापन गरिएको थियो । 

WhatsApp-Image-2024-05-11-at-17.38.00-1715438638.jpeg
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार