रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु 

शनिबार, वैशाख २९, २०८१

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु भएको छ । आज ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हो । रथलाई गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पु¥याएर भोटो देखाइनेछ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुनेछ । किंवदन्तीअनुसार भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएका थिए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

9fc53e64-650f-4ba7-9893-8b12a66c3f22-1715442061.jpg
8a8d4ad9-47b2-474b-922b-e7d65712b1aa-1715442051.jpg
e1abebb7-f88b-4cd6-a5e0-230716869ab9-1715442039.jpg
cc023130-3ecb-4a73-b0c4-5fc08dc3e6e4-1715442040.jpg
22d853dc-6118-409c-9dca-dd8f1aa591cb-1715442037.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार