सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल व्यवस्थित बनाउने विषयमा आज शनिबार सर्वपक्षीय छलफल भएको छ । लपुमनपा वडा नं. २४ को अगुवाइमा भएको सर्वपक्षीय छलफलमा नागदहलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको हो । भेलाले नागदह संरक्षण समितिमा पदाधिकारी चयन गरेको छ । लब पौडेलको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा कमला माली, सचिवमा महेश गिरी, सहसचिवमा जुलुम कार्की, कोषाध्यक्ष्माा सानुबाबुर गिरी तथा सदस्यहरूमा बाबुराम गिरी, देबेन्द्र गिरी, ललिजंग माली, सिता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण थापालाई चयन गरेको छ ।
यस्तै भेलाले संरक्षण समितिको सल्लाहकारमा दिनेश कार्की, गणेशमान महर्जन, केदार बहादुर अधिकारी, सलाम मुक्तान, गणेश श्रेष्ठलाई चयन गरेको छ । भेलाले समितिलाई प्रशासनिक कार्य सम्पन्न गरी समितिको साधारण सभा छिटो गर्ने वातावरण निर्माणका लागि जिम्मेवारी दिएको छ । समितिको संरक्षकमा २४ नं. वडाका वडाअध्यक्ष पदेन हुने व्यवस्था गरिएको छ । छलफलमा अहिले नागदहमा भइरहेका तथा हुने कार्यक्रमसहित भविष्यमा कस्तो बनाउने भन्ने विषयमा छलफल भएको थियो ।