सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपु) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालय धापाखेलले महिलाहरूलाई सक्षम बनाउन १५ दिने स्कुटर तालिम सुरु गरेको छ । तालिम हिजो शुक्रबारदेखि सुरु भएको हो । तालिमको वडाअध्यक्ष दिनेश जंग पाण्डेले उद्घाटन गर्नु भएको हो । तालिम धापाखेलस्थित तालिम केन्द्रमा सुरु गरिने छ । स्कुटी तालिमका प्रशिक्षक राम प्रसाद घिमिरेका अनुसार प्रत्येक प्रशिक्षार्थीलाई दैनिक आधा घन्टाको व्यवहारिक ज्ञान सिकाइनेछ । महिला समूह तथा अन्य सरकारकी काममा जाँदा समयको बचत होस आफैंले सवारी साधान चलाएर आय आर्जनकासहितका काम गर्न सहज होस भन्नाका लागि यो तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै तालिमका पूर्ण लाभ लिन प्रशिक्षार्थी महिलालाई वडाअध्यक्ष पाण्डेले आह्वान गर्नुभयो । वडा कार्यालयको आर्थिक सहयोगमा वडा स्तरीय महिला समितिले तालिम कार्यक्रम आयोजना गरेको हो । तालिम उद्घाटन समारोहमा वडाअध्यक्ष पाण्डेसहित निर्वाचित वडा सदस्यहरू इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जनको उपस्थिति भएको थियो ।