सोसल मिडिया
Contact Us
युनिकोड
धापाखेल (ललितपुर) । ललितपुर महानगर २४ नं. वडा कार्यालय अन्तर्गतको वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजना तथा स्वास्थ्य चौकी धापाखेलको समन्वयमा महिलाहरूका लागि स्वास्थ्य जनचेतना तथा सर्ने–नसर्ने रोग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यान्वयन समितिका सदस्य, महिला स्वास्यम सेविकासहित महिलाहरूका लागि सर्ने–नसर्ने रोग सम्बन्धी जानकारी दिइएको उक्त कार्यक्रम वडाअध्यक्ष दिनेश जंग पाण्डेले उद्घाटन गर्नु भएको हो ।