रातु नदी उत्त्खननविरुद्ध सर्वोच्चको अन्तरिम आदेश बदर माग गर्दै बर्दिवास नगरको सर्वोच्चमा रिट

आइतबार, वैशाख ३०, २०८१

महोत्तरी । रातु नदी उत्त्खनन विरुद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशलाई  बर्दिवास नगरपालिकाले बदरको माग गरेको छ । जेठ मसान्तसम्म समयावधि भएको हुनाले रोकिएको उत्त्खनन तत्काल सुचारु गर्नुपर्ने मागसहित नगरपालिकाले शुक्रबार रिट दर्ता गरेको हो । नगरपालिकाका कर्मचारी दिपक पौडेलसहितले अख्तियारी प्राप्त गरी दायर गरेको निवेदनमा शंकर महतोसहित निवेदकहरुलाई विपक्षी वनाईएको छ । यसअघि मापदण्डको अनुसरण नगरी उत्त्खनन गरिएको र जनताको तटबन्धनलाई समेत असर पुग्ने अवस्था देखिएको हुनाले अन्तरिम आदेश जारी गर्नुपरेको पारम्भिक सुनुवाई भएको थियो । सर्वोच्च अदालतले पटकपटक पुर्ण सुनुवाईको मिति निर्धारण गरेतापनी वहस नभएको र एकतर्फी निवेदकहरुको आधारमा असोज-६ गते अर्को पेशी तोकिएकोप्रती असन्तुष्टि जनाउदै विभिन्न आधारहरु उल्लेख गर्दै अन्तरिम आदेश खारेजीको भागीदार भएको रिटमा दावी गरिएको छ । रिटको पेशी भने आईतवारलाई नै तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार