जव झ्याउरेवासीहरुले आफ्नै ठाँउमा एक दिने अस्पतालको सुविधा लिए

आइतबार, वैशाख ३०, २०८१

महोत्तरी । सामान्य ज्वरोको औषधि लिनको लागि ३ घण्टासम्म हिड्नुपर्ने पुर्वि खोलाकी  मण्दिरामाया थिङले विहिवार विशेषज्ञ चिकित्सकवाट आफ्नै गाउँमा राम्रो उपचार पाईन  । चिकित्सकहरुले पाठेघरको समस्याको बिषयमा औषधीमात्र लेखिदिएनन आँखा नदेख्ने समस्या पहिचान गरेर चस्मा समेत उपलब्ध गराए ।  यसैक्रममा उनी सोही ठाउँवाट आएका आफ्ना साथीहरुसगँ खुसी हुदै भन्दै थिइन -` यस्तो उपचार गर्ने ठाउँ हाम्रो गाउँमा सधैभरी भैइदिए !´ मधेशको कर्णाली भनेर चिनिने गाउँमा नै अनुकुल हुनेगरी नेपाल रेडक्रस सोसाइटी बर्दिवास साखाले विहिवार एकदिने शिविर संचालन गर्दा  प्राय: महिलाहरुको उस्तै कौतहुल थियो कि यस्तो उपचार केन्द्र गाउँमा चै किन हुदैन ? वर्षा लागेसगैँ भाङग्रे झ्याउरे आशपाशका गाउँहरु नाकावन्दीमा नै पर्ने गर्दछन । खोला वाहेक अन्य वैकल्पिक पदमार्ग नहुदा बर्षाको समयमा पानीको सतह बढने र आवतजावत पुर्णरुपमा बन्द हुने गर्दछ जस्ले गर्दा याँहाका स्थानियहरुमा घातक रोग लागेतापनी सहनुको विकल्प नै रहदैन ।

438154529_806219901384780_86180674410623364_n-1715475541.jpg
`आँखाको समस्याको लागि यो चस्मा दिएको छ अनि पाठेघर सम्बन्धी रिपोर्ट अहिले आउँछ रे ।´ मण्दिरामायाले खुसी हुँदै भनिन । `वास्तवमा यो हाम्रोलागी ठुलो परोपकार वन्यो नत्र त के-के हुन्थ्यो के-के ।´ विकटता कै कारण उनी चाहेर पनि अस्पताल जान सकेकी थिइनन । पाठेघरको समस्या रहेको त  थाहा थियो तर भौगोलिक दुरावस्थाले अस्पताल त के स्वास्थ्य चौकीसम्म नगएको उन्लाई झिनो सम्झना छ । तर विहिवार रेडक्रस सोसाइटी बर्दिवास साखाले शहरको सुविधासम्पन्न अस्पतालको झल्को दिनेगरी चुरे काक्षमा रहेको यो गाउँमा मिनि अस्पताल नै संचालन गर्‍यो । लक्ष्मी भाङग्रे झ्याउरे विध्यालयका प्रत्येक कोठा चिकित्सक र स्वास्थ्यकर्मीहरुले भरिएका थिए । पर्याप्त प्रयोगशाला, तत्काल चेकजाँच गर्न मिल्ने विभिन्न उपकरणहरु,   साथमा औषधि र चिकित्सकिय परामर्शले मण्दिरामाया मात्र हैन भालुजोर कि सुनमाया वाईवाको खुसी बाहिर नै देखिन्थ्यो । पाठेघरको समस्या लिएर बर्षौदेखी पिडित वन्दै आएकी सुनमायालाई विशेषज्ञ चिकित्सकले परामर्श दिदा मात्र पनि आधी रोग निको भएको महसुस गरिन । `औषधी र समयमा नै उपचार गर्ने हो भने पाठेघरको समस्या त्यती ठुलो हैन रहेछ ।´ सुनमायाले भनिन । `नियमित औषधी सेवन गर्‍यो भने छिट्टै निको हुन्छ रे ।´

441556789_301155716418312_5752428293184311621_n-1715475540.jpg
तर आम महिलाहरुको जस्तै सुनमायालाई पनि एउटै जिज्ञासा छ कि सामान्य उपचारको लागि किन २ घण्टासम्म हिडनुपर्ने होला  ? सुनमायाले चुनावको समयमा मात्र गाउँमा चहलपहल हुने गरेको अनुभव गरेकी छन ।  `चुनाव आएपछी नेताहरु घर-घरमा नै पुग्छन  अनि एकदिन समस्या बुझेर बर्षौसम्म देखा पर्दैनन ।´ उन्ले भनिन । `कमसेकम रेडक्रसले एकदिन भएतापनी गाउँमा नै आएर उपचार गरिदियो ।´ चारैतिर चुरे पहाडले घेरिएका यी गाँउहरुमा युवायुवती कम नै देखिन्छन कतिपय वैदेशिक रोजगारमा छन भने कतिपय अध्यणको शिलशिलामा नजिकैका शहरमा कोठा लिएर बसेका छन परिणामस्वरूप गाउँमा वृद्धहरु मात्र भेटिन्छन । लौरो टेक्दै आँखा जचाउन गर्दिखोलावाट याँहा आईपुगेकी ७० बर्षिय मनमाया  चस्मा पाएपछी एकछिन भावुक वनिन । टाउको दुख्ने, नजिकैको केहीपनी नदेख्ने भएपछी शिविर आईपुगेकी उन्लाई चिकित्सकहरुले चेकजाँच गरेपछी हातमा सोही पावरको चस्मा थमाइदिए । घरको रेखदेक्ग गर्न कै लागि भएपनी उनी छोरासगँ गएकी छैनन । यो शिविरसम्म आईपुग्न पनि उन्लाई झन्डै २ घण्टा लाग्यो । `दिनभरी हिडेर अस्पताल जानुभन्दा २ घण्टा हिडेर नै जचाँउन पाईन्छ भनेर आएको ।´ उन्ले सुनाईन । आँखा उपचारदेखि महिला प्रजनन स्वास्थ्यको चेकजाँच एकै ठाउँमा हुने भएपछी गर्दिखोला लागायत आशपाशका झण्डै २ सय महिलाहरुले पाठेघर र आँखाको उपचार लिएका थिए ।पाठेघर समबन्धी समस्या भएका मात्र ११७ जना सहभागी भएका थिए । जसमध्ये ३ जनाको अपरेसन गर्नुपर्ने अवस्था देखिएको चिकित्सकहरुले वताए । उनीहरुलाई बर्दिवासस्थित जनसेवा अस्पतालमामा रिफर गरिएको रेडक्रस बर्दिवासका सभापती सुदिप कार्कीको भनाई छ । त्यस्तै आँखा सम्बन्धी समस्या भएका २७० जना सहभागी मध्ये ९ जनाको मोतिविन्दुको अपरेसन गर्नुपर्ने देखिएको छ । उक्त विरामीहरुलाई रेडक्रस र बर्दिवास नगरपालिकाको नै आर्थिक सहयोगमा उपचार गरिने रेडक्रसका पुर्व सभापति मुकुन्द पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार