कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना 

आइतबार, वैशाख ३०, २०८१

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लूम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश देखि पश्चिम बंगाल सम्म रहेको निम्न चापिय क्षेत्रको प्रभावका कारण आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । आइतबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ । आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार