ललितपुर महानगर २४ नं. वडाका युवा–युवतीलाई शेयर बजारसम्बन्धी अभिमुखीकरण तालिम(भिडियो)

आइतबार, वैशाख ३०, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा कार्यालयले वडा भित्रका युवा–युवतीलाई लक्षित गरी शेयर बजार सम्बन्धी ५ दिने अभिमुखीकरण तालिम कार्यक्रम आयोजना गरेको छ । २४ नं. वडा कार्यालय धापाखेलको आयोजना तथा गंगापूर्ण सेवा केन्द्र प्रालिको व्यवस्थापनमा उक्त अभिमुखीकरण तालिम सुरु गरिएको हो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन वडाअध्यक्ष दिनेश जंग पाण्डेले गर्नु भएको थियो । गंगापूर्ण सेवा केन्द्रका कार्यक्रम संयोजक लुमकान्त भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा शेयर विज्ञ सरोज भट्टराईले प्रशिक्षार्थीलाई शेयरका आभारभूत तथा प्राविधिक पक्षकाबारेमा जानकारी गराउने छन् ।  अभिमुखीकरण कार्यक्रममा वडा नं. २४ का करिब २५ जना युवा–युवतीको सहभागिता रहेको छ ।  अभिमुखीकरण कार्यक्रममा वडा सदस्य उद्धब बस्नेतले शेयर तालिमबाट लाभ लिन आह्वान गर्दै यसको प्रतिफल हेरेर आगामी वर्षको बजेटमा रकम विनियोजन गर्ने–नगर्ने निर्णय लिइने बताउनुभयो ।  शेयर विज्ञ सरोज भट्टराईले घरमै बसेर कारोबार गर्न सकिने शेयर कारोबारमा कम्पनी छनोट गर्न सक्दा फाइदा लिन सकिने बताउनुभयो ।  कार्यक्रमकाे अध्यक्षता गर्नु भएका वडाअध्यक्ष दिनेश जंग पाण्डेले युवा–युवतीलाई स्वरोजगारतर्फ उन्मुख गराउन वडाले शेयर तालिमलाई निरन्तरता दिएको बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार