चर्चित भारतीय गायक राघब नेपाल आउँदै, शुक्रबार सोल्टीमा दर्शकलाई नचाउने 

सोमबार, वैशाख ३१, २०८१
मयुर प्लाई

काठमाडौं । भारतीय गायक राघवले नेपालमा आफ्नो प्रस्तुति दिने भएका छन् । उनले आगामी शुक्रबार (मे १७ तारिक) काठमाडौंको सोल्टी क्राउन प्लाजामा आफ्नो प्रस्तुति दिने भएका हुन् । शुक्रबार बेलुका ८ बजे काठमाडौंको सोल्टी होटेलमा गायक राघबले आफ्नो प्रस्तुति दिनेछन् ।  उनका ‘तेरी बातोमे ऐशा उल्झा जिया’, ‘डेस पार्डो’ लगायतका चर्चित गीतहरु छन् । नाजी इन्टरटेन्मेन्टले गायक राघवलाई नेपालमा ल्याउन लागेको हो । कार्यक्रमको टिकट इसेवाबाट काट्न सकिन्छ । टिकटको मूल्य २५ सय रुपैयाँ राखिएको आयोजकले जानकारी दिएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार