सूर्योदय वोमी लघुवित्तले भरतपुरमा सम्पन्न गर्यो झोल साबुन र फिनेल बनाउने तालिम

सोमबार, वैशाख ३१, २०८१

भरतपुर ।  सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. भरतपुर शाखाले समूहमा आवद्ध महिलाका लागि व्यावसायिक झोल साबुन र फिनेल बनाउने तालिम दिएको छ ।  उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्रका करिब ६२ जना सदस्यहरुलाई उद्यमी बनाउन एक दिने तालिम दिएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को बागमती प्रदेशअन्तर्गत चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १२ भरतपुर (आस्था टोल) मा रहेको शाखाको आयोजनामा १ दिने व्यावसायिक झोल साबुन र फिनेल बनाउने तालीम कार्यक्रम सम्पन भएको छ ।

WhatsApp-Image-2024-05-13-at-19.47.59-1715609597.jpeg
आफ्नै शाखा कार्यालय प्रङ्गणमा शुरु भएको उक्त तालिम भरतपुर महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष हरि पन्तले उद्घाटन गरेका थिए । अतिथिको रुपमा आस्था टोल बिकास समितिका कोषाध्यक्ष मंगला क्षेत्री राउत, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. का स्टेशन कार्यालय भरतपुरमा कार्यरत बरिष्ठ अधिकृत भरत काफ्ले, अनुगमन अधिकृत दामोदर पौडेल, प्रशिक्षक सबिना बिश्वकर्मा र भरतपुर शाखाका प्रमुख ‌अप्सरा उप्रेति रहेकी थिइन् भने कार्यक्रमलाई राकेश कुमार यादबले सहजिकरण गरेका थिए । शाखा प्रबन्धक उप्रेतिका अनुसार तालिममा ६२ जना भन्दा बढी महिला सहभागिता रहेका थिए । संस्थाबाट ऋण लिएका महिलाहरुलाई उद्यमी बनाएर आयआर्जन गरी स्वरोजगार बनाउने, व्यवसायिक रुपमा उद्योग संचालन गराउनका लागि यस्ता खालको तालिम प्रदान गरिएको प्रबन्धकले  बताए ।

WhatsApp-Image-2024-05-13-at-19.48.00-(1)-1715609596.jpeg
तालिममा भरतपुर महानगरपालिका वडा नं १२ का वडाअध्यक्ष पन्तले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न, जथाभाबी कर्जा नचलाउन साथै तालीम लिइ सके पछि उद्यमी बन्न र आवश्यक परेमा वडाबाट पनि सहयोग गर्ने बताएका थिए । आस्था टोल विकास समितिका कोषाध्यक्ष क्षेत्रीले संस्थाले आयोजना गरेका यस्ता कार्यक्रममा धेरै भन्दा धेरै सदस्यहरुको सहभागिता रहे अझ प्रभावकारी हुने र टोल बिकास समितिले हर हमेसा साथ सहयोग गर्दै र आउँदो यस्ता तालिक कार्यक्रममा टोल बिकासबाट अन्य ब्यत्तित्वहरुलाइ पनी समाबेश गराउँदै लैजाने बताए । यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र तालीम लिइ सकेपछि सो सीपलाइ व्यवसायिक रुपमा लाग्ने साथै अहिले नगरे कहिले गर्ने मैले नगरी कस्ले गर्ने भन्दै तालिम समापन गरिएको थियो । 

WhatsApp-Image-2024-05-13-at-19.48.02-1715609595.jpeg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार