ललितपुरले सार्वजनिक गर्‍यो ‘बगैँचा र पोखरी’ पत्रिका 

सोमबार, वैशाख ३१, २०८१

ललितपुर । ललितपुर महानगर बगैँचा र पोखरी शीर्षकको जर्नल/पत्रिका प्रकाशित गरेको छ ।  उक्त पत्रिकाको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले लोकापर्ण गरे । सार्वजनिक गरिएको पत्रिकामा लोपोन्मुख सिमली लेउ, गुर्जाे, झोल मलको उपयोगिता, सहरी क्षेत्र, मन्दिर परिसर तथा सडक निरामा लगाउन सकिने रुख विरुवा, कहाँ कस्ता बिरुवा रोप्ने ?, शहरी कृषि विधितामा घरेलु जडिबुटी उद्यान, बगैँचाको शोभा र घर सजाउने वनस्पति स्रोत—दमाई फूल २६ वटा लेख रचना छापिएका छन् ।

439223133_407843862217424_3973488958325754_n-1715610454.jpg
त्यसैगरी पत्रिकामा डा. मुकेशकुमार चालिसेको लेख अचम्म १ मंगलबजारमा बाँदर  १ छापिएको छ । डा.तीर्थ बहादुर श्रेष्ठ प्रमुख सल्लाहकार रहेको उक्त पत्रिकाको सम्पादन डा.पुष्पमान अमात्य रहेका छन् ।  ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पत्रिकामा समावेश भएका विषय महानगरलाई हरियाली युक्त बनाउनका लागि उपयुक्त भएको बताए । लोपोन्मुख रैथाने फूलहरु (धुस्वाः ,कपुर स्वाः)को संरक्षणका लागि महानगर प्रमुख महर्जनले विज्ञहरुलाई सुझाव दिए । रैथाने जातका वनस्पति संरक्षणका लागि महानगर क्रियाशील रहेको उनको भनाई थियो । त्रैमासिक रुपमा प्रकाशित हुने उक्त पत्रिकाको अबको अंकमा महानगरभित्रका बगैंचा र पोखरी र पार्कका बारेमा समेत विषयवस्तु समेटिने बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरको ग्रीन एण्ड ब्यू परियोजनालाई सफल बनाउन यो पत्रिका उपयोगी भएको बताइन् । पत्रिका प्रकाशनको कार्यमा जुट्ने सबैलाई उनले धन्यवाद दिइन् ।  ललितपुर महानगरका सल्लाहकार समेत रहेका डा.अमात्यले वनस्पति र बगैँचासँग सम्बन्धित विषयवस्तु समेटिएको यो पत्रिका प्रकाशित गर्ने संम्भवत ललितपुर महानगर पहिलो स्थानीय तह भएको बताए ।

438158941_1157428578614074_1569387614502948448_n-1715610453.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार