हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन

मंगलबार, जेठ १, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । अमेरिकी सहायता प्याकेजबाट हतियारको आपूर्ति लिएर विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । युक्रेनले खार्किभमा ठूलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू आइपुगेका छन् । ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट गर्नेछन् । अमेरिकी अधिकारीहरूका अनुसार ब्लिन्केनले उनीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिनेछन् । अमेरिकाले तीन साताअघि अमेरिकी संसदमा युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो । ब्लिन्केन युक्रेन पुग्नु अघि, अमेरिकी अधिकारीहरूले युक्रेनले एयर डिफेन्स इन्टरसेप्टरहरू, तोपहरू र लामो दूरीको सटीक स्ट्राइक मिसाइलहरू प्राप्त गर्न थालेको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार