साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

मंगलबार, जेठ १, २०८१
मयुर प्लाई

काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ । वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षाको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि फिल्ममा अभिनय रहेको छ । रेजिनाले यो फिल्मबाट लगभग १२ वर्षपछि कमब्याक गरेकी हुन् । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा फिल्म आधारित छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्मको काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार