हेटौँडा अस्पतालप्रति दलहरूको आशंका: स्थापनाकालका मुख्यमन्त्रीद्वारा स्वेतपत्र जारी

बुधबार, जेठ २, २०८१

हेटौँडा | मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानसम्बन्धी विस्तृत स्वेतपत्र जारी गरेका छन् । स्वेतपत्रमार्फत हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानकै भएको दाबी गरिएको छ। तर, हेटौँडा अस्पतालको स्वामित्व हस्तान्तरण विरुद्ध राजनीतिक दलहरूले आशंका गर्दै विरोध जनाउँदै आएका छन्। मुख्यमन्त्री पौडेलले स्वेतपत्रमार्फत प्रतिष्ठानबारे देखिएका अन्योल र भ्रमको समाधान गर्दै प्रतिष्ठानको अवस्था, प्रगति र भविष्य योजनाबारे जानकारी दिएका छन् । स्वेत पत्रमा मुख्यमन्त्री पौडेलले प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको सम्पूर्ण स्वामित्व हस्तान्तरण भइसकेको र प्रतिष्ठानले नै अस्पताल सञ्चालन गरिरहेको बताएका छन्। उनले प्रतिष्ठानलाई वैधानिक रूपमा स्थापना गरिएकाले त्यसको संरक्षण र विकासमा सबैलाई लाग्न आग्रह गरेका छन् । प्रतिष्ठानको कामकारबाहीमा कानूनविपरित अवरोध सिर्जना भएकाले प्रतिष्ठानलाई स्वायत्त रूपमा कामगर्न दिनुपर्ने उनको माग छ। स्वेत पत्रमा प्रतिष्ठानका उपलब्धि, सेवा विस्तार र भविष्य योजनाबारे समेत उल्लेख छ । प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालमा ५०० शय्या विस्तारका लागि कामहुँदै गरेको र बेसिक हेल्थ साइन्स (युरोपियन युनियन) को पठनपाठनका लागि ५५ करोडको लगानीमा अत्याधुनिक भवन बनाउने काम भइरहेको जनाइएको छ। एमबिबिएस पठनपाठन शुरु गर्ने तयारी पनि भइरहेको उल्लेख छ । स्थापनाकालका मुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग मकवानपुरमा छुट्टै प्रदेश अस्पताल स्थापना गर्न समेत अनुरोध गरेका छन्।  

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार