काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

शुक्रबार, जेठ ४, २०८१

काठमाडौं । अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । दिउँसो यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी र मधेस प्रदेश समेत पहाडी भागमा आंशिक बदली रहने विभागको अनुमान छ । तराई क्षेत्रमा भने मौसम सफा रहने उल्लेख छ । आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको हुने अनुमान गरिएको छ ।  तर, तराईका कतिपय स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेकाले त्यहाँ तातो हावा चल्ने भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ ।  आजदेखि आइतबार (६ जेठ)  सम्म तराईका जिल्लामा गर्मी अधिक हुने हुनाले त्यसको असरबाट जोगिन सकेसम्म घरबाट बहिर ननिस्कन विभागले नागरिकलाई आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार