सहकारी प्रकरणको छानबिन हुनुपर्छ- राजेन्द्र पाण्डे

शुक्रबार, जेठ ४, २०८१

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउँदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताए । उनले भने,‘केवल गृहमन्त्रीको मात्रै कुरा भएन । सबै सहकारीसम्बन्धी छानबनि हुनुपर्छ । गिरिबन्धु टि–स्टेटको सम्बन्धमा अदालतले फैसला गर्यो । पूर्णपाठ पढेर पार्टीको धारणा बनाउन सकेका छैनौं । हिजो पनि यो भ्रष्टाचारजन्य काम नै हो ।’
 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार