सोसल मिडिया
Contact Us
युनिकोड
भरतपुर । मतदाता शिक्षासहित निर्वाचन प्रणालीको जानकारी दिने उद्देश्यका साथ कक्षा मनिटर छात्र÷छात्रा पहिलो चरणमा र हाउस क्याप्टेन भाइस क्याप्टेन दोस्रो चरणमा गरी स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलले विद्यालय सभा निर्वाचन २०८१ सम्पन्न गरेको छ । व्यवहारिक शुक्रबारसरीय कार्यक्रम अन्तर्गत सो निर्वाचन २०८१ जेठ ४ गते शुक्रबार विद्यालय परिसरमा आयोजना भएको थियो । उक्त निर्वाचनमा कक्षा २ देखि १० सम्मका १२०० विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । उक्त निर्वाचनको प्रमुख निर्वाचन आयुक्तमा विद्यालयका सामाजिक तथा मानव मूल्य शिक्षा विषयका विभागीय प्रमुख एवम् विद्यालयका सह–प्राचार्य युवराज गुरुङ रहेका थिए । प्रथम चरणको मतदानमा कक्षा २ देखि १० सम्म अध्यापन गराउने कक्षा शिक्षकहरू मतदान अधिकृत रहेका थिए भने दोस्रो चरणको निर्वाचनमा सम्बन्धित हाउसका हाउसफादरहरुलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो । शुक्रबार सम्पन्न सो पहिलो चरणको निर्वाचनबाट कक्षा २ को कक्षा मनिटरमा गणेश पौडेल र शीरीषा सुवेदी, कक्षा ३ बाट सुशान्त बि.क. र लोरिना गुरुङ, कक्षा ४ बाट बिहान थापा र स्वप्निल कुमारी चौधरी, कक्षा ५ बाट डेभिड सापकोटा र सोनिसा बि.क., कक्षा ६ बाट रिकेश पौडेल र काव्या ढकाल, कक्षा ७ बाट सुजल कुमार जैसवाल र समीक्षा आचार्य, कक्षा ८ बाट आदित्य तिवारी र निशा थापा, कक्षा ९ बाट रोशिक बराल र कीर्ति भट्टराई, कक्षा १० बाट समिर गुरुङ र सुबास्ना क्षेत्री क्रमशः छात्र र छात्रा मनिटर निर्वाचित भएका थिए ।
दोस्रो चरणको हाउस अनुसारको निर्वाचन कक्षा ७ देखि १० लाई सिनियर र ४ देखि ६ लाई जुनियर समूहमा विभाजन गरी गरिएको थियो जसमा रेड हाउस सिनियर क्याप्टेनमा सौगात पौडेल र भाइस क्याप्टेनमा दिपिका गुरुङ, ग्रिन हाउस सिनियर क्याप्टेनमा युविस तामाङ र भाइस क्याप्टेनमा इरोश्ना लामिछाने, ब्लु हाउस सिनियर क्याप्टेनमा सन्जिस महतो र भाइस क्याप्टेनमा आशिका राना, एल्लो हाउस सिनियर क्याप्टेनमा निकेश जैशवाल र भाइस क्याप्टेनमा बुनु गुरुङ निर्वाचित भएका थिए भने रेड हाउस जुनियर क्याप्टेनमा संगम बिष्ट र भाइस क्याप्टेनमा काजल यादव, ग्रिन हाउस जुनियर क्याप्टेनमा जेबिन गुरुङ र भाइस क्याप्टेनमा मान्वी भट्टराई, ब्लु हाउस जुनियर क्याप्टेनमा उज्ज्वल सापकोटा र भाइस क्याप्टेनमा प्रेष्टिना सापकोटा, एल्लो हाउस जुनियर क्याप्टेनमा कुशल भुषाल र भाइस क्याप्टेनमा प्रमिशा सापकोटा विजयी भएका थिए । प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई सिकाउने उद्देश्यका साथ सो निर्वाचन कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि यस्ता व्यवहारिक र उपलब्धीमूलक कार्यक्रमलाई विद्यालयले प्राथमिकतामा राखी निरन्तरता दिने कुरा व्यक्त गर्दै राष्ट्रिय निर्वाचनकै शैलीमा विद्यालयले निर्वाचन सम्पन्न गरेकोेमा आफू अत्यन्त हर्षित भएको र यस किसिमको ओझपूर्ण कार्यक्रम गर्ने निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरे । कार्यक्रममा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई बधाई ज्ञापन गर्दै विद्यालय सभा निर्वाचनबाट निर्वाचित ३४ जना सदस्य र विभिन्न तहप्रमुख र प्रिन्सिपलको तर्फबाट १५ जना मनोनित सदस्यहरुसहित ४९ जनाको विद्यालय सभा बनाइने र उक्त सभाले समग्र विद्यालयको विद्यार्थी मनिटर चयन गर्ने बताउनुभयो । यस किसिमको क्रियाकलाप नेपालको संवैधानिक प्रणालीअनुसार जुन विद्यार्थी सभाको निर्वाचन विद्यालयमा गरिएको छ यसले विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा व्यवहारिक ज्ञान प्रदान गर्न सकेकोमा आफू व्यक्तिगत तर्फबाट खुसी भएको र सबै सहयोगी शिक्षक कर्मचारी र निर्वाचन सामग्री उपलब्ध गराउने निर्वाचन कार्यालयलाई धन्यवाद दिएका थिए ।