राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल

शनिबार, जेठ ५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पछिल्लो समय राजनीतिप्रति युवाहरुमा वितृष्णा बढ्दै गइरहेको उल्लेख गर्दै राजनीतिक दलहरु सुध्रिन आवश्यक रहको बताएकी छिन् ।  शनिबार नेकपा एमाले कोशी प्रदेश सम्पर्क समितिले आयोजना गरेको ‘युवा’ विषयक गोष्ठीलाई सम्वोधन गर्दै एमाले नेतृ समेत रहेकी डंगोलले जोस र जाँगर भएका युवाहरुले राजनीतिक दलहरु मात्र नभइ हरेक क्षेत्र हाँक्न सक्ने बताइन् । 
उनले भनिन्, ‘युवामा जोस जाँगर छ, युवा सचेत छन् भने राजनीतिक रुपमा मात्र हैन हरेक क्षेत्र हाँक्न सक्छन् भन्ने विश्वास मैंले लिँदै आएको छु । अब आउने पुस्तामा विश्वास गर्दै हामीले हरेक क्षेत्रमा युवालाई अगाडि सार्न विश्वास गर्नुपर्दछ । युवाहरुको राजनीतिप्रतिको वितृष्णा हटाउन राजनीतिक दलहरु सुध्रिन आवश्यक छ । धेरै क्षेत्रमा युवाहरु एकदम सहभागिता कमजोर हुन दिनु हुँदैन ।’ त्यस्तै डंगोलले पुराना पार्टी र पुराना नेताहरु भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै नेता बुढो भएपनि पार्टी बुढो नहुने बताइन् । पार्टीलाई बुढो हुन नदिन राजनीतिक दलहरुमा युवा सहभागिता बढाउने आवश्यक रहेको बताइन् । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार