अध्यादेशमार्फत आज बजेट ल्याउँदै सरकार 

शनिबार, जेठ १५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने भएको छ । आज अपराह्न आर्थिक वर्ष ०७८-७९ को बजेट अध्यादेशबाट ल्याउने तयारी अन्तिम चरणमा पुयाएको छ ।  जेठ १५ गते नै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम बजेटको काम भइरहेको हो । बजेटको तयारीस्वरुप नै शुक्रबार सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । त्यस्तै, बजेटभन्दा अगाडि ल्याइने नीति तथा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्री ओलीले आफूले सार्वजनिक गरेका नीति अनुसार नै अर्थमन्त्रीले बजेट वक्तव्य जारी गर्ने बताएका थिए ।  'आगामी आर्थिक वर्षमा गरिने कामहरू यिनै नीतिहरूका आधारमा अर्थमन्त्रीको बजेट वक्तव्य मार्फत् सार्वजनिक गरिनेछ' उनले सम्बोधनमा भनेका थिए ।
बजेट अध्यादेशमा प्रधानमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीले हस्ताक्षर गर्नेछन् । शनिबार बिहान योजना आयोगको बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष ओलीको अध्यक्षताको उक्त बैठकले बजेटका प्राथमिकता क्रम तोक्ने र पास गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्को बैठक बसेर पास गर्नेछ । मन्त्रिपरषद्ले पास गरेपछि राष्ट्रपतिकहाँ सिफारिस गर्ने र राष्ट्रपतिबाट अध्यादेशका रूपमा जारी हुनेछ । राष्ट्रपतिबाट बजेट अध्यादेश जारी भएलगत्तै राजपत्रमा प्रकाशित हुनेछ । अर्थमन्त्रीले बजेट वक्तव्य मार्फत सार्वजनिक गर्ने कार्यक्रम छ । गामी वर्षको बजेट नल्याउन सरोकारवाला निकाय र व्यक्तिहरूले सरकारलाई सुझाव दिँदै आएका छन् । कामचलाउ सरकार भएको र कात्तिक र मंसिरमा निर्वाचन घोषणा गरिएकाले पूर्ण बजेट नल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरू, पूर्व प्रमुख निर्वाचन आयुक्तहरू, योजना आयोगका पूर्वउपाध्यक्षहरूले सरकारलाई सचेत गराएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  ०६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार