सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री र अन्य पदाधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको सरकारी संचारमाध्यमले पुष्टि गरेको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाले अमेरिकामा बनेको बेल २१२ हेलिकोप्टर हिउँले ढाकिएको पहाडमा ठोकिँदा त्यसमा उडिरहेका राष्ट्रपति राइसीसहित सबैको मृत्यु भएको जनाएको छ । अजरबैजानको पूर्वी प्रान्तमा हेलिकोप्टरको भग्नावशेष फेला परेपछि राष्ट्रपति रायसी र विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियान सहित सबै मारिएको पुष्टि भएको जनाईएको छ । ६३ वर्षीय राईसी २०२१ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । पदभार ग्रहण गरेदेखि उनले नैतिकता कानूनलाई कडा पार्ने आदेश दिएका थिए । इरानमा राजनीतिक, सामाजिक र आर्थिक संकटको दायरालाई लिएर बढ्दो असहमतिको समयमा यो दुर्घटना भएको छ । इरानका धर्मगुरुहरूले तेहरानको विवादित आणविक कार्यक्रम र युक्रेनमा युद्धको क्रममा रुससँगको गहिरो सैन्य सम्बन्धलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेका छन् । इरानको सहयोगी हमासले अक्टोबर ७ मा इजरायललाई गाजामा आक्रमण गर्न उक्साएपछि, इरान–सम्बन्धित समूहहरू संलग्न भएको आक्रोशहरू मध्यपूर्वमा फैलिएको छ ।