इजरायलले भन्यो- रफाहमा तिब्र सैन्य कारबाही हुन्छ

मंगलबार, जेठ ८, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । इजरायलले आफ्नो सेना रफाहमा कारबाहीको दायरा थप विस्तार गर्न प्रतिबद्ध रहेको बताएको छ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली सेनाको कारवाहीको उद्देश्य हमासलाई हटाउनु र इजरायली बन्धकहरूलाई सुरक्षित रूपमा रिहा गर्नु रहेको बताएका छन्। गैलान्टले हाल इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानलाई इजरायलले 'आफ्नो अभियानको अवधिमा पर्याप्त मानवीय कारबाही गरिरहेको' बताए । इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले इजरायल पुग्नुअघि साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गरेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार