भोलि ललितपुर महानगरमा स्थानीय बिदा (विज्ञप्तिसहित)

मंगलबार, जेठ ८, २०८१

ललितपुर ।  ललितपुर महानगरले बुधबार महानगरमा स्थानीय बिदा दिएको छ । महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको हो ।  महानगरको नगर कार्यपालिकाको वैशाख १८ गते बसेको बठैकले नरिवल खसाल्ने दिन बिदा दिने निर्णय गरेको थियो । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठद्धारा मंगलबार जारी सूचनामा बुधबार बिदा दिने उल्लेख गरिएको छ । सूचनामा भनिएको छ , ‘महानगरपालिका मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथयात्रा रथ तान्ने क्रममा नरिवल खसाल्ने दिन उल्लेख्य भक्तजनको उपस्थिति हुने र धार्मिक महत्वको दिन भएकाले विदा दिने निर्णय भए बमोजिम ललितपुर महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको छ ।’  रातो मच्छिन्द्र नाथको रथयात्रा वैशाख २९ गतेबाट सुरु भएको हो । रातो मच्छिन्द्रनाथ वर्षा र सहकालका देवता हुन् । अन्नका देवता, सहकालका देवता , लोकेश्वर लगायतका नामले रातो मच्छिन्द्रनाथ प्रख्यात छन् । लिच्छविकालमा देशभर अनिकाल लाग्दा रातो मच्छिन्द्र उपत्यका प्रवेश गरेपछि पानी परेको कम्बदन्ती छ । प्रत्येक वर्ष वैशाख कृष्ण प्रतिपदादेखि रातो मच्दिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहँदै आएको छ । पुल्चोबाट रथयात्रा सुरु भएपछि गाबहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई जात्रा सम्पन्न गरिन्छ । त्यसपछि मच्छिन्द्रनाथलाई बुडमतीा राखेर राखिन्छ । सुन्धाराबाट लगनखेल पुगेपछि नरिवल खसाल्ने परम्परा रहेको छ ।

WhatsApp-Image-2024-05-21-at-19.28.17-1716299731.jpeg
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार