प्रधानमन्त्रीसँग राष्ट्र संघीय जलवायु एजेन्सीका अध्यक्षको भेट 

मंगलबार, जेठ ८, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी एजेन्सी यूएन एफसीसी एसबीएसटीएका अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबारमा मंगलबार भएको भेटमा जलवायु परिवर्तनले निम्त्याएका असर एवं यस मुद्दामा नेपालले गर्दै आएको नेतृत्वदायी भूमिका लगायतका विषयमा छलफल भएको छ ।  भेटका अवसरमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्नका लागि जलवायु कोषबाट नेपालले पर्याप्त लाभ पाउनुपर्ने बताएका थिए । 

जलवायु परिवर्तनको असर कम गर्नका लागि योजनाबद्ध एवं संस्थागत तवरले अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि युएन एफसीसीको सहयोग आवश्यक रहेको बताए ।  अध्यक्ष ह्यारीले हिमाल र पर्वतीय मुलुकका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेपालको सक्रियताप्रति खुसी व्यक्त गरे । उनले जलवायुसम्बन्धी विश्व सम्मेलनमा नेपालले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको सहराना हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार