सोसल मिडिया
Contact Us
युनिकोड
मुम्बई । लामो समयदेखि चर्चामा रहेको फिल्म ‘रामायण’ माथि संकटको बादल बढ्दै गएको छ । हाल छायांकनमा रहेको बताइएपनितीनदिनयता यो फिल्ममुम्बईको कुनै पनि स्टुडियोमा छायांकन गरिएको छैन । धेरैले फिल्म अब बन्दहुने अवस्थामापुगेको दाबी गरेका छन् । निर्मातामधु मन्टेनाले निर्देशकनितेश तिवारीसँगमिलेर फिल्म ‘रामायण’को काम सन् २०१९ बाट सुरु गरेका थिए । त्यो समयमा यो फिल्मतीनभागमानिर्माण गरिने घोषणा भएको थियो । घोषणा अनुरुपफिल्मको काम सुरु भएको भनिएपनिलगानीकर्ताको अभावमाआधिकारिक रुपमाकाम अगाडि बढ्न सकेको छैन । केही दिनअघि मात्रफिल्मदुई भागमानिर्माण हुने खबर बाहिर आएको थियो । अहिले फिल्मको सम्पूर्ण कारोबार प्राइमफोकस र उनीसँगै अभिनेताबाट निर्माता बनेका यशले सम्हालिरहेका छन् । फिल्मकाहालकानिर्माताले कानूनी विवादबाट बच्न र आफ्नो सम्बन्धलाई अझ खराब हुनबाट जोगाउनकालागिभइरहेको फिल्मको कामपनि रोक्न सुझावदिएका छन् । केहीमहिना अघि फिल्म ‘रामायण’को लुक टेस्टका लागिलिइएको तस्वीर र भिडियोमार्फत फिल्मको सुटिङको प्रचार भइरहेको भन्दै प्रचार गरिएको थियो । निर्माण पक्षले भिडियो र तस्वीरको प्रचार गरेर देशीविदेशीलगानीकर्ता आकर्षित गर्ने उद्देश्य राखे पनिफिल्मकालागि ठूलो स्टुडियो वाविदेशीलगानीकर्ताले रुची देखाएका छैनन् । फिल्मको बजेट सयमिलियनबताइएको छ । फिल्म रिलिजगर्नका लागिप्राइमफोकसले केहीविदेशीकम्पनीसँग कुराकानी गरे पनि कसैले चासो देखाएका छैनन् । लगानीकर्ता नभएकै कारण निर्माण पक्षले हालसम्मकलाकार र प्राविधिकको नामआधिकारिक रुपमा सार्वजनिक गर्न सकेका छैनन् ।