सन्दीपले अमेरिकी भिसा पाएनन्

बिहीबार, जेठ १०, २०८१

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेका नेपाली क्रिकेट सन्दीप लामिछानेले अमेरिकन राजदूतावासबाट भिसा पाएनन् । आज अमेरिकन दूतावासमा अन्तर्वार्ता दिएका सन्दीपले भिसा नपाएका हुन् । सन् २०१९ मा पनि भिसा नपाएका सन्दीपले त्यसपछि भिसा पाएर खेल्न गएका थिए । यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी पाएका थिए । उच्च अदालत पाटनबाट जेठ २ गते उनले सफाइ पाएका थिए ।  जेठ ४ गते उनलाई अमेरिकी राजदूतावासले विगतका भिसा रद्द भएको इमेल पठाएको थियो । शुक्रबार परेकाले त्यसपछि सोमबारमात्रै उनले नयाँ प्रक्रिया सुरु गरेका थिए । तर, अन्तर्वार्ताका लागि गए पनि उनी असफल भएका हुन् । नेपालले जुन १ बाट विश्वकप सुरु भए पनि नेपालले जुन ४ मा नेदरल्याण्ड्सँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०३:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार