सगरमाथा आरोहण गर्न गएका केन्याका नागरिक मृत फेला, गाइड बेपत्ता

बिहीबार, जेठ १०, २०८१

काठमाडौँ । सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत भेटिएका छन् । पर्यटन विभागका अनुसार विहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका हुन् । उनीसँगै गएका नेपाली शेर्पा डवाङ शेर्पा सम्पर्क विहीन भएका छन् । उनीहरुले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको बिभागले जनाएको छ । विहीबार अपराहन्न २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवि माउन्टेन गाइडलाई परिचालन गरिएको र केन्याली नागरिक किरुई मृत भेटिएका थिए । सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजीकार्य जारी रहेको बिभागले जनाएको छ ।
 
  

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार