धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्किएपछी विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ । विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो । धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार