सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमालेका उपाध्यक्ष बिष्णु पौडेलले अगामी आर्थिक वर्षको बजेट देशको आर्थिक अवस्थामा आधारित हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८१-०८२ को बजेटको कार्यादेशबारे छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले देशको वस्तुगत अवस्था र आर्थिक अवस्थामा आधारित बजेट बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘यो बजेट मैले बुझ्दाखेरि मुलभूत रुपमा हाम्रा इच्छा र आकांक्षामा आधारित हुन सक्दैन । हाम्रो देशको वस्तुगत अवस्था के छ रु आर्थिक अवस्थाको आधारमा नै बजेट निर्माण गर्ने हो । हाम्रा स्रोत, साधन र सम्भावनाहरु के छन्, त्यसकै सापेक्षतामा बजेट निर्माण गर्ने हो । व्यक्तिगत चाहनाहरु बजेटमा अट्न सक्दैनन् ।’ नयाँ बजेट मुख्यतः सरकारको नीति तथा कार्यक्रममा आधारित भएपनि सोह्रौं पञ्चवर्षीय योजना र दिगो विकासको लक्ष्यलाई सम्बोधन गर्नेगरी बन्नुपर्ने पौडेलको धारणा छ । ‘आगामी आर्थिक वर्षको मुख्य योजना सोह्रौं पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य हो । यसका बाबजुद बजेटको मुख्य आधार सरकारको नीति तथा कार्यक्रम नै हो,’ पौडेलको भनाइ छ ।