योगमय सुनाकोठीस्थित बालकुमारी चौर (भिडियो)

निःशुल्क योग विज्ञान शिविरबाट लाभ लिए साधक साधिकासहित सर्वसाधारणले
शनिबार, जेठ १२, २०८१

 

सुनाकोठी (ललितपुर) । ललिपतुर महानगरपालिका २७ नं वडा सुनाकोठीस्थित बालकुमारी चौर अहिले योगमय भएको छ । विगत तीन दिनदेखि बालकुमारी चौरमा निःशुल्क योग विज्ञान शिविर भइरहेकोले यो क्षेत्र योगमय भएको हो । महिला पतन्जली योग समिति नेपालका केन्द्रीय प्रभारी पुज्य साध्वी देवादितीको प्रमुख प्रशिक्षकत्वमा सप्ताह व्यापी निःशुल्क योग विज्ञान शिविर बिहान ५ बजेदेखि ७ बजेसम्म चलिरहेको छ ।  शिविरको आज तेस्रो दिन हो ।  तेस्रो दिनको कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न भएको छ ।

WhatsApp-Image-2024-05-25-at-09.43.13-1716617467.jpeg
भोलिदेखि ललितपुर पतञ्जलिमा आवद्ध योग गुरुहरूले प्रवचनसहित योगाभ्यास गराउने छन् । महिला पताञ्जलि योग समिति नेपाल तथा युवा नेपाल समितिको सयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो ।  शिविरको सहआयोजकका रुपमा ललितपुर महानगरपालिका वडा नं २६ तथा वडा नं २७ हुन् ।  पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी साध्वी  देवादितिले तीनदिन सम्म योगको महत्व, खानपान, रोगका उपचार विधि, जीवन शैलीका बारेमा योग साधक साधिकासहित सर्वसाधारणलाई बुझ्ने भाषा शैलीमा प्रवचनसहित योगाभ्यास गराएकी थिइन् । शिविरमा ललितपुर जिल्लामा क्रियाशील योग साधाना केन्द्र तथा बालकुमारी चौर आसपासका सर्वसाधारणको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार