स्वास्थ्य शिविरमा २ सय जनाको स्वास्थ्य परीक्षण(भिडियो)

शनिबार, जेठ १२, २०८१

धापाखेल(ललितपुर) । वडा स्वास्थ्य कार्यान्वयन समिति वडा नं. २४ ले आयोजना गरेको नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।  ललितपुर महानगरपालिका २४ नं वडा कार्यालयले सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा मुटु तथा मधुमेहसहित जनरल चेकअप गरिएको थियो । पाटन हार्ट क्लिनिकका चिकित्सक डा.कृष्णकुमार श्रेष्ठ नेतृत्वको चिकित्सक टोली तथा स्वास्थ्यकर्मीले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । वडावासीको स्वास्थ्य अवस्था थाहा पाउन बेला बेलामा वडा कार्यालयले यस्ता शिविरहरू आयोजना गर्दै आइरहेको वडाअध्यक्ष दिनेशजंग पाण्डेले शब्दपाटीलाई बताउनुभयो । चिकित्सक डा.श्रेष्ठले खानपान तथा जीवन शैलीका कारण अहिले नसर्ने रोगहरू बढीमात्रामा देखा परिरहेको जानकारी दिँदै जीवनशैली र खानपानमा सुधार ल्याउन आफूले स्वास्थ्य परीक्षण गर्न आएका वडावासीलाई सुझाव दिएको बताउनुभयो । 

May be an image of 9 people

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार