चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध

शनिबार, जेठ १५, २०७८
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका  हुन् ।  साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताएका छन् । आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।
 

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार