कैलाश सिरोहियालाई थप दिन हिरासतमा राख्न अनुमति

सोमबार, जेठ १४, २०८१

काठमाडौं  । कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् ।  गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार