अनलाईन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ  

मंगलबार, जेठ १५, २०८१

काठमाडौं । अनलाईन मार्फत रकम ठगी गरी बिनान्स एपमार्फत लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाडौं कोटेश्वर बस्ने १९ बर्षीय विज्ञान घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो ।   उनले सामाजिक संजाल फेसबुक, टेलिग्राम लगायतका एपहरूको माध्यमबाट साथी बनाई अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा २ लाख १६ हजार रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको खुल्न आएको छ । साथै उनले बिनान्स एप मार्फत हाल सम्म १ करोड ५१ लाख ७५ हजार ७४ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

 बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाँकेको राप्तिसोनारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय असोक कुमार थारूलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  बाँके जिल्ला अदालतको २०७६ चैत ४ गते, २०७८ भदौ २४ गते र २०८० कात्तिक २१  गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष १५ दिन कैद र १२ लाख ७५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालाय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ । 


 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार